देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ –सूर्य पाठक
वि.सं.२०७९ कात्तिक २० आइतवार १२:३२

काठमाडौं । नेकपा एमालेका नेता डा.सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । नेता पाठक बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन । नेता पाठकले बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरुले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका हुन । आज बागलुङको तम्रागमा आयोजित चुनावी सभामा बोल्दै राजनीतिमा युवा सहभागिता चाहने हो भने व्यवहारमा पनि सोही अनुसार हुनुपर्ने बताएका छन् ।
उनले देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने बताएका छन् । उनले यसका लागि अलिकति गतिशील तथा दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरु चाहिनेमा जोड दिएका छन् ।उनले मध्यपहाडी लोकमार्ग समयमा नबन्दा तम्राग क्षेत्रका जनताले निकै सास्ती भोग्नुपरेकोप्रति आफू जानकार रहेको बताए । आफू सांसद हुँदादेखि नै मध्यपहाडी लोकमार्ग निर्माणका लागि पहल गरेको तर ठेकदारको लापरबाहीले काम हुन नसकेको बताए । यो समस्या समाधानका लागि कडा कानुन ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।
वि.सं.२०७९ कात्तिक २० आइतवार १२:३२

















