skip this

नेपालबाट भारतर्फ रुपमा लैजादै गरेको अवैध गाँजा बारामा बरामद्

तस्कर गाँजा छाडेर फरार

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । सशस्त्र प्रहरी बल बाराले शुक्रबार अवैध गाँजा बरामद् गरेको छ । बाराको देवताल गाउँपालिका–७ पिपरपातीस्थित पसाहा खोलाको नेपाल–भारत सीमा क्षेत्रबाट किनारबाट अवैध गाँजा बरामद् गरेको हो ।

नेपालबाट भारतर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी एक सय २० केजी गाँजा बरामद् भएको हो । शसस्त्र प्रहरी बलको विओपी दक्षिणझिटकैयाबाट शसस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर एस्माली मगरको नेतृत्वमा रहेको मोटरसाईकल गस्ती टोलीले गाँजा बरामद् गरेको हो । टोलीलाई देख्नासाथ तस्कर गाँजा छाडेर फरार भएका थिए ।

बरामद् गाँजा विओपी दक्षिणझिटकैयामा ल्याईएको छ । आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको जनाईएको छ ।

nijgadh-supermart-adz1200-630