skip this farak Kura Pravakar

नक्कली नेपाली नोटसहित बाराबाट युवक पक्राउ

३ लाख रुपैयाँ नक्कली नेपाली नोट बरामद्

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । सशस्त्र प्रहरी बल बाराले नक्कली नेपाली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्रकुमार महतोलाई ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित नियन्त्रणमा लिएको हो ।
महतोलाई प्रहरीले बिहीबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अम्मरपुरबाट पक्राउ गरिएको जनाएको छ ।

लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा अम्मरपुरबाट नहरतर्फ जाने क्रममा नेपाल–भारत सीमा क्षेत्रबाट महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको मधेश प्रदेशका प्रमुख (डीआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।

महतोको साथबाट नेपाली एक हजार दरको ३ सय १ वटा नक्कली नोट र सक्कली १५ सय २५ रुपैयाँ बरामद गरिएको डीआइजी मगरले बताए ।

नियन्त्रणमा लिईएका महतो र मोटरसाईकल विओपी गोलागञ्जमा ल्याईएको छ । उनलाई कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630