skip this yams_Max_Hospital.jpeg

जीतपुरमा वडा अध्यक्षको ‘डिजाईन’ मा अवैध रुपमा व्यापारिक सटर निर्माण (भिडियो रिर्पोट)

जीतपुरसिमरा उपमहानगरको पत्रपछि प्रजिअ घिमिरेले भने–निर्माण रोक्छौं

2.26K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सार्वजनिक जमिनको संरक्षणको लागि सरकार आक्रमक बनेको बेला बाराको एक स्थानीय तहकै जनप्रतिनिधिको डिजाईनमा त्यस्तो जमिनमा अवैध रुपमा संरचना बनाउन थालेपछि यो विषयले चर्चा पाएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर बजारस्थित ६ लेन सडकमा जोडेर आदर्श धर्मशाला अगाडी १२ वटा व्यवसायिक सटर निर्माण भईरहेको छ । धर्मशाला तथा विवाह मण्डप समितिको नाममा बन्दै गरेको संरचना बनाउन त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ताको डिजाईन अन्तगर्त बन्दै गरेको हो ।

धर्मशाला क्षेत्रको जमिनमा विवाह मण्डप बनाउने योजना अघि सारिएपछि त्यसको निर्माण अघि नै व्यापारिक प्रयोजनको सटर निर्माण थालिएको हो । जसको लागि धर्मशाला समिति, उपभोक्ता समिति ठेक्का कुनै पनि पक्षले उपमहानगरसँग निर्माणको स्विकृति नदिएपछि बन्दै गरेको संरचना अवैध ठहरिएको हो ।

उपमहानगरको एक्सन

सार्वजनिक जग्गामा अनधिकृत संरचना निर्माण रोक्न उपमहानगरपालिकाले पहल थालेको छ । जसका लागि उसले वडा कार्यालयदेखि स्थानीय प्रशासनलाई समेत पत्रचार गरिसकेको छ ।
उपमहानगरले पत्र काटेको तेस्रो दिनसम्म समेत त्यसलाई रोक्न वडा कार्यालयले सहयोगी भूमिका नखेलेपछि निर्माण कार्यले निरन्तता पाएको छ । १२ ब्यापारिक सटर निर्माण कार्यमा मिस्त्री र मजदुरले काम गरिरहेका छन् ।
वडा कार्यालयले रोक्न चासो नदेखाएपछि उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखेको जानकारी गराएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–७ को दफा ७ बमोजिम नक्सा पास नगराई भवन निर्माण गरेको तथा ऐ ऐ परिच्छेदको दफा ४४ बमोजिम राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन नगरेको, बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ बमोजिम कुनै किसिमका मापदण्ड पालना नगरेको साथै, सार्वजनिक जग्गामा नियम विपरित भैरहेको सो निर्माण कार्यलाई तत्काल रोक्का गरी शान्ति सुरक्षा कायम गर्न उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बारालाई आग्रह गरेको छ ।

वडा नं. ७ को कार्यालय, जीतपुरसिमरा उपमहानगरपालिका जीतपुरलाई , आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको छ । उपमहानगरले ईलाका प्रहरी कार्यालय सिमरा र श्री ईलाका प्रहरी कार्यालय जीतपुरलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गरेको छ ।

स्थानीय राजनीतिक दलको विरोध

स्थानीयले उपमहानगरपालिकामा उजुरी समेत गरेका छन् । निर्माण भई्हेको भवन, परिसरमा विवाह मण्डप एंवम धर्मशाला निर्माणको लागी नगरपालिकाबाट बजेट विनियोजन भई निर्माण समिती समेत गठन भई सकेको अबस्थामा जुन उदेश्यले विवाह मण्डप एवंम धर्मशाला निर्माण हुनुपर्नेमा त्यस विपरीत अनाधिकृत रुपमा भवन संरचना भई रहेको भन्दै स्थानीयले उजुरी गरेका हुन् ।

हाल निर्माण भई रहेको संचरना नगरपालीकाको आधारभुत भवन निर्माण मापडण्ड समेत पालना नगरी घर नक्सा पास समेत गरेर मात्र नँया संरचना निर्माण गर्नु पर्ने भएपनि त्यसो नभएको आरोप लगाएका छन् ।

कार्यविधी नवनाईकन व्यपारिक उद्देश्यले भाडाको सटर बनाएकोमा स्थानीय निकायले उपरोक्त धर्मशाला बन्ने ठाँउमा पनि विना कार्यविधि सटर कोठाहरु बनाउन लागेकोले निर्माण प्रकीया नै अपारदर्शी एंवम नियम विपरीत भएकोले सो कार्यमा ठुलो आर्थिक चलखेल भएको आरोप उनीहरुले लगाएका छन् ।

तसर्थ उक्त निर्माण कार्यको प्रकृयालाई गहन रुपमा छानबिन गरी अनाधिकृत निर्माण कार्य अविलम्व रोक्का गरी नगरपालिकाको उद्येश्य अनुरुप विवाह मण्डम एवम धर्मशाला निर्माण प्रकृया पारदर्शीरुपमा अगाडी बढाउन उनीहरुले माग गरेका छन् ।

सञ्जय साह, शक्ति गुप्ता, प्रेम बराल, सरोज पटेल, कपुर राज गिरी, सन्तोष कुश्वाहा, शेखर भण्डारी, राजु गिरी र रामबाबु कलवार लगायतले उपमहानगरपालिकाले निर्माण रोक्न उजुरी गरेका हुन् ।

निर्माण रोक्छौं : प्रजिअ

सार्वजनिक जग्गा अतिक्रमण नगर्न र गरेको पाईएमा उजुरी गर्न स्थानीय जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्ती दुईदिन बित्न नपाउदै वडाकै संरक्षणमा कुनै पनि कानुनी प्रकृया पुरा नगरी निर्माण गरी रहेको हो । भईरहेको निर्माण कार्य नगरको रोहबरमा रोक्का गर्ने बाराका प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेले बताउनु भएको छ ।

समितिले काम गरेको छ : गुप्ता

जीतपुरसिमरा वडा नंं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले अस्थायी १२ सटर निर्माण गर्ने गरी समिति मार्फत काम भई रहेको बताए । डिपीआर र नक्सा समेत बनाई बिवाह मण्डप समेत बनाउने लक्ष्य रहेको बताएका छन् । उनले ब्यस्त बजार क्षेत्र रहेको जीतपुरमा बिवाह मण्डप र धर्मशाला आवश्यक रहेकोले स्थानीयको अग्रसरतामा निर्माण भई रहेको बताए । उनले राजनैतिक पुर्वाग्राही साधेर काम गर्न नगरले रोकेको आरोप लगाए ।

nijgadh-supermart-adz1200-630