धनगढीमा ४ लाख बढीका अवैध सामान बरामद
वि.सं.२०७९ मंसिर २२ बिहीवार १९:३५
1.44K
shares
फाईल तस्वीर ।
धनगढी-धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरेको हो ।
बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।
वि.सं.२०७९ मंसिर २२ बिहीवार १९:३५

















