औराहामा पाँच वर्षिया नाबालिकलाई घरभित्र बन्धक बनाएर जबर्जस्ती करणी ! लात्ताले हानेर खोलियो ढोका
पक्राउ परे अमित
वि.सं.२०८० मंसिर ८ शुक्रवार २०:५८
बारा–जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा पाँच वर्षिया नाबालिकालाई घरमा बन्धक बनाएर जबर्जस्ती करणी भएको छ ।
स्थानीय ३९ वर्षिय अमित पोखरेलले पाँच वर्षिया नाबालिकालाई कोठामा ढोका थुनेर राखेको अवस्थामा स्थानीयले उद्वार गरिएको थियो ।
भान्जी भन्दै घरमा आउजाउ गर्दै आएका अमितले बालिकालाई छोरीको कपडा लगाएर लैजान्छु भनेर दिउँसो एक बजेतिर लगेका थिए । सन्चो नभएकोले नाबालिक स्कुल गएकी थिईँनन् ।
आत्मियता देखाएपछि छोरी पठाएपनि घर नल्याएपछि आमा आत्तिईन । छोरीलाई लगेको एक घण्टा भईसकेको थियो । उनी खोजि गर्न निस्केकी थिईँन् । खोज्दै जाँदा ढोका लगाएको र चप्पल समेत बाहिर नदेखेपछि फर्केकि थिईँन् ।
छिमेकी सहित पुनः घरमा गएर बोलाँउदा समेत नबोलेको र ढोका नखोलेपछि छिमेकीले ढोकमा पटक–पटक लात्ताले हानेपछि बाहिर निस्केका थिए ।
कोठा भाँडामा लिएर बसेका अमितले ढोकामा भित्रबाट चुक्कुल लगाएर बालिकालाई कोठमा राखेका थिए ।
बालिकाले खोलिन् रहस्य
घरमा पुगेपछि नाबालिकाले पिसाब गर्दा पोलेको भनेपछि करणीको घटना बाहिर आएको हो । उनले यौंनाङ्गमा ओैंला चलाउने, चुम्मा गर्ने र घटनाबारे अरुलाई जानकारी नगराउन भनेकी थिईँन् ।
उनको आमाले बालिकामाथि भएको घटनाबारे छरछिमेकमा भनेपछि अमितलाई घरभित्रै थुनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अमितलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा राखेको छ ।
पीडितले अमित विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले पीडित नाबालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको छ ।
वि.सं.२०८० मंसिर ८ शुक्रवार २०:५८