skip this

बाबुराम भट्टराईको गृह वडा पालुङटार नगरपालिका–१ मा जसपाको प्यानलै विजयी

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मतदान सकिए लगतै देशभर मतगणना जारी छ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा मतगणना सकिएको छ । यहाँ जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्यानल नै विजयी भएको छ।यो जसपा संघीय परिषद अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह वडा हो।

वडाध्यक्षसहित सबै सदस्य जसपाले नै जितेको छ। वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भएका छन् भने उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन्।

nijgadh-supermart-adz1200-630