महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल विजयी
वि.सं.२०७९ चैत ६ सोमवार ०९:४७
1.07K
shares

काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिको उम्मेदवार बनेका आनन्दकुमार सिंह प्यानलसहित निर्वाचित भएका हुन् । सचिवमा विपना कँडेल र कोषाध्यक्षमा अनिल कुमार शाह विजयी भएका छन् ।
उनी ५८६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट संयुक्त उम्मेदवार बनेका अनिशिखा न्यौपानेले ५८४ मत पाइन् । सिंह २ मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै सचिवमा कँडेल ६३८ मतसहित विजयी भइन् । कोषाध्यक्षमा ६२९ मत पाए । महाराजगञ्जमा नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको थियो । सिंहलाई युथ फर ईक्वालिटीले समर्थन गरेको थियो ।
वि.सं.२०७९ चैत ६ सोमवार ०९:४७

















