बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ, कारोबार ?
वि.सं.२०७९ असार १९ आइतवार ११:३१
1.44K
shares

काठमाडौं । आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।
वि.सं.२०७९ असार १९ आइतवार ११:३१

















