गठबन्धनलाई हराउँदै धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:५५
2.27K
shares

काठमाडौं । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।
हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:५५
















