बारामा चाँदीसहित भारतीय नागरिक पक्राउ
वि.सं.२०७९ वैशाख ३ शनिवार ०८:४३
1.7K
shares

बारा । बाराको पचरौताबाट अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पचरौता नगरपालिका–६ पकडियाबाट शसस्त्र प्रहरी टोलीले १२ सय ग्राम चाँदीजस्तो देखिने धातुसहित २८ वर्षिय शैलेस साहलाई पक्राउ गरेको हो ।
सिमा ईलाका बिओपी बेनौलीका शसस्त्र प्रहरी निरीक्षक लिलबहादुर ठाडाको नेतृत्वमा रहेको टोलीले बीआर ०५ एबी १९६६ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोतिहारीको झाझरा गाउँपञ्चायत–बडहरवाका साह पक्राउ परेका हुन् ।
बरामद् गहनाको अनुसन्धानका लागि सुनचाँदी व्यवसायि संघको जिम्मा लगाईएको छ भने पक्राउ परेका साह र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको शसस्त्र प्रहरीले जनाएको छ ।
बरामद् गहनाको बजार मूल्य अन्दाजी एक लाख ४० हजार र मोटरसाईकलको एक लाख गरि दुई लाख ४० हजार मूल्यांकन गरिएको छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०८:४३


















