skip this

एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको दिने

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालले निर्णय गरेको छ । पार्टी आज बसेको केन्द्रीय सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

शनिबार बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

nijgadh-supermart-adz1200-630