skip this

अन्तर विद्यालय तेक्वान्दोको उपाधि राष्ट्रिय विभुती शिक्षा सदनलाई

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि राष्ट्रिय विभुती शिक्षा सदन डुमरवाना तेक्वान्दो डोजाङले जितेको छ ।

जीतपुरसिमरा २ स्थित रोयल इभेन्ट मेनेजमेन्ट भेन्युमा सम्पन्न प्रतियोगितामा विभुतिले १२ स्वर्ण पदक ल्याएर टिम प्रथम भएको हो ।

त्यसैगरी टिम दोश्रो जनज्योती आधारभुत विद्यालय निजगढ तेक्वान्दो डोजाङ भएको छ । जनज्योतीले चार स्वर्ण र ६ रजत ल्याउन सफल भएको हो ।

त्यसैगरी एक्स सर्भिसमेन चिल्र्डेन एकेडेमीले चार स्वर्ण ५ रजत पदक ल्याएर तृतिय हुन सफल भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पुरुषतर्फ एक्स सर्भिस एकेडेमी तेक्वान्दो डोजाङका सलिम गुरुङ भए । त्यसैगरी महिलातर्फ जनज्योतीकी नैना सहनी भईन् ।

बारा, मकवानपुर र महोत्तरीको गरी कुल ९ विद्यालयका ५० बढी खेलाडीले २४ तौल समुहका प्रतिस्पर्धा गरेका थिए ।

न्यु सिमरा तेक्वान्दो डोजाङद्धारा आयोजित प्रतियोगिताको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले मुलुकको समग्र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ।

उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, अन्तर्राष्ट्रिय रेफ्री जीतसिंह लामा, मधेस प्रदेश महासचिव राजकुमार लामा, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी, तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल सितेरियो कराँते संघ बाराका अध्यक्ष सानु पटेल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, सिमरा फिटनेश सेन्टरका संचालक सुजन स्याङ्तान, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका बबिन सुब्बा, अर्जुन लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

न्यु सिमरा तेक्वान्दो डोजाङका अध्यक्ष बिजय शाह ठकुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण रुवन थापाले गरेका थिए । कार्यक्रममा तेक्वान्दो संघका मधेस प्रदेश महासचिव लामाले स्वागत मन्तब्य राखेका थिए ।

nijgadh-supermart-adz1200-630