जीतपुरसिमराका स्वास्थ्यकर्मी अटेरी भएपछि..
वि.सं.२०८० साउन २७ शनिवार १२:१४

बारा–जीतपुरसिमराकाका स्वास्थ्यकर्मी अटेरी गरेपछि तलब भत्ता रोक्का चेतावनी दिईएको छ ।
स्वास्थ्यकर्मीले नयाँ सरुवा भएर जानुपर्ने ठाउँमा नगएर अटेरी गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाले एकैपटक ठुलो संख्यामा सरुवा गरेको थियो । १० साउन को निर्णयानुसार स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको आन्तरिक सरूवा गरी कामकाजमा खटाएको थियो ।
तलब भत्ता रोक्का चेतावनी
स्वास्थ्य जस्तो संवेदनशील केन्द्रमा हाजिर नभएर अटेरी गरेपछि नगरपालिका कार्यालयले पत्र काटेर भाद्र १ गतेसम्ममा हाजिर भएको जानकारी प्राप्त नहुने स्वास्थ्यकर्मीहरूको तलब भत्ता रोक्का चेतावनी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पत्र काटेर तोकिएकोमा हालसम्म पनि सम्बन्धित स्वास्थ्य संस्थामा हाजिर हुन नगएको भन्ने बुझिएको २०८० साल भाद्र १ गतेसम्म तोकिएको स्वास्थ्य संस्थामा हाजिर भई हाजिर भएको जानकारी पठाउनु हुन अनुरोध गरेका छन् ।

वि.सं.२०८० साउन २७ शनिवार १२:१४


















