आर्थिक तथा राजनीतिक सङ्कटमा श्रीलङ्का, विद्युत कटौतीको समय अझै बढ्ने
वि.सं.२०७९ वैशाख ३ शनिवार ०८:१३
1.08K
shares

काठमाडौं । आर्थिक तथा राजनीतिक सङ्कटमा पिरोलेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ।
रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ ।यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ । बस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०८:१३

















