skip this

रेडियोमा तरंग पठाउने प्रत्येक १८ मिनेटमा अपरिचित वस्तु रहस्यात्मक

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ब्रह्माण्डभरी रेडियो तरङ्गको म्यापिङ गर्दा खगोलविदहरुले एउटा खगोलीय वस्तु फेला पारेका छन् । जसमा उर्जाको विशाल विष्फोट हुने गरेको पाइएको छ ।

सन् २०१८ को मार्चमा घुमिरहेको अन्तरिक्ष वस्तु देखा परेको थियो । यसले प्रत्येक घण्टा तीन पटक विकिरण निकाल्ने गर्दथ्यो । त्यतिबेला यसले अन्तरिक्षको लाइटहाउसको जस्तो काम गर्यो । यससँगै यो यो पृथ्वीबाट देख्न सकिने रेडियो तरंगको चहकिलो स्रोत बन्यो ।

खगोलविद्हरुले यसलाई झरेको ताराको टुक्रा माने । यो ताराहरुको ठूलो समूह वा मृत सानो तारा हुन सक्ने अनुमानसमेत गरियो । यस्तै यो बलियो चुम्बकीय क्षेत्र तथा अन्य केही हुन सक्ने ठानियो । यो तथ्य बुधबार नेचर जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष हो । यो ४००० प्रकाश वर्ष पर रहेको थियो ।

कुर्टिन युनिभर्सिटीका विद्यार्थी टिरोन ओडहर्टिले असामान्य खोज गरेका थिए । उनले पश्चिम अस्ट्रेलियाको बाहिरी भागमा मर्चिसन वाइल्डफिल्ड एरे दुरबिन प्रयोग गर्दा यो पत्ता लगाएका हुन् ।

न्युटन ताराजस्ता पल्सर भनिने ‘फास्ट ट्रान्सियन्ट’ सेकेन्डभरमा निम्भे बल्ने हुने गर्छन् ।

यो नयाँ अचम्मको चम्किलो वस्तु भने प्रत्येक १८ मिनेटको अवधिमा देखा पर्छ । सीएनएन

nijgadh-supermart-adz1200-630