काँग्रेसले मतदातासमक्ष गरेको प्रतिबद्धतालाई पूरा गर्नु जनप्रतिनिधिको दायित्व हो –पूर्णबहादुर खड्का
वि.सं.२०७९ असार २३ बिहीवार १८:५७

काठमाडौं । स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका स्याङ्जाका जनप्रतिनिधिहरुका लागि सञ्चालन गरिएको अभिमुखीकरणलाई सम्बोधन गर्दै उपसभापति खड्काले जनप्रतिनिधिहरुले जनमुखी काम गरे मात्रै काँग्रेस पार्टी बलियो हुने दाबी गरेका छन् ।रुपान्तरण आफैबाट हुनुपर्ने भन्दै खड्काले काँग्रेसको नीति र सिद्धान्तलाई पालना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनले जनप्रतिनिधिहरुका लागि प्रशिक्षणका समेत दिँदै उपसभापति खड्काले स्थानीय तहबाट नै काम गर्न थाल्ने हो भने पार्टी त्यसै बलियो हुने बताएका छन् । ‘काँग्रेसले मतदातासमक्ष गरेको प्रतिबद्धतालाई पूरा गर्नु जनप्रतिनिधिको दायित्व भउको उल्लेख गरेका छन् । उनले काँग्रेसले नै मात्रै नागरिकको अधिकारको रक्षा गर्न सक्छ भन्ने तथ्य जनजनमा पुर्याउनु पर्ने भन्दै खड्काले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
वि.सं.२०७९ असार २३ बिहीवार १८:५७

















