skip this

दोस्रो इनिङमा जनार्दनको पहिलो निर्णय– लघु बीमा सहयोग कार्यक्रम विस्तार गर्ने

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सुरु गरेका जनार्दन शर्माले आइतबार पदभार ग्रहण गर्दै लघु बीमा सहयोग कार्यक्रमलाई विस्तार गर्ने पहिलो निर्णय गरेका छन् ।

आइतबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । निक्षेप बीमाको विद्यमान सीमा रु ३ लाखबाट वृद्धि गरी रु ५ लाख पुर्‍याइने भएको छ।

यसैबीच नवनियुक्त अर्थमन्त्रीको स्वागतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अनुपस्थित भएका छन् । सामान्यतया अर्थमन्त्रीको स्वागतमा गभर्नर उपस्थित हुन्छन् । तर, शर्मा र अधिकारीबीच सम्बन्ध राम्रो नरहेका बेला अधिकारी आइतबार साँझ अर्थ मन्त्रालय पुगेनन् ।

पदभार ग्रहणपछि पहिलो प्रक्रिया दिँदै मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा रहेको भन्दै आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नु आफ्नो लक्ष्य रहेको बताए । उनले वैदेशिक मुद्रा सञ्चििित वृद्धि बजेटको मुलभूत उद्देश्य रहेको उल्लेख गर्दै अर्थतन्त्र सवलीकरण आवश्यक रहेको र बजेटले त्यो दिशातर्फ लैजाने दाबी गरे ।

उनले १ वर्ष अर्थ मन्त्रालयमा सौहार्दपूर्ण रुपमा बिताएको उल्लेख गर्दै अब पनि त्यस्तै हुने र उचित कार्य जिम्मेवारी दिइने बताए । आफूमाथि लागेको करका दर हेरफेरबारे भने उनले कुनै जवाफ दिएनन् ।

 

nijgadh-supermart-adz1200-630