skip this farak Kura Pravakar

कैलालीमा जिप दुर्घटना, एकको मृत्यु

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी-कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ। गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

nijgadh-supermart-adz1200-630