जीतपुरसिमरामा विषयगत समिति बनाउन जुटेन सहमति, कसरी बन्छ विषयगत समिति ?
वि.सं.२०७९ कात्तिक ७ सोमवार ००:१२

बारा–स्थानीय तहका गतिविधि सञ्चालन गर्न राय सल्लाह र सुझाव दिने उद्देश्यले विषयगत समिति बनाईन्छ । यो समितिले गतिविधि सञ्चालनका लागि कार्यपालिकामा लाने एजेण्डाको विषयमा राय सल्लाह र सुझाव दिन्छ । यो स्थानीय सरकार संचालन ऐन र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७५ मा व्यवस्था छ । जस अनुसार ११ वटा विषयगत समिति गठन हुनेछन् ।
जीतपुरसिमरामा ६ महिनाअघि नयाँ जनप्रतिनिधि आएदेखि तीन वटा विषयगत समिति बनेका छन् । जसमा प्रमुखको संयोजकत्वमा एक वटा र उपप्रमुखको संयोजकत्वमा रहने दुई वटा उपसमिति बनेका हुन् । तर, अझैं ८ वटा समिति भने गठन हुन सकेको छैन् ।
जीतपुरसिमरा उपमहानगरपालिकामा ४ औं बैठकमा विषयगत समिति गठनको एजेण्डाले प्रवेश पाएको छ, तर दलहरुबीच सहमति नजुट्दा र दलहरुबीचको अन्र्तद्धन्दले समितिको गठनको निर्णय हुन सकेन ।
विषयगत समिति गठनको व्यवस्था

नगरपालिकाको कार्यालयमा आईतबार बसेको बैठकमा मेयर राजन पौडेलले प्रस्तुत एजेण्डा पारित हुन सकेन् । नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७५ अनुसार कार्यपालिकामा प्रस्तुत हुने एजेण्डा मेयर पौडेलले अनुसूची २ ढाँचामा प्रस्तुत गरेका थिए ।
एजेण्डा प्रस्तुत गर्ने व्यवस्था

जीतपुरसिमरामा माओवादीको नेतृत्वमा मेयरसहित ५ जना, एमालेको उपप्रमुखसहित २२ जना, नेपाली कांग्रेसको पाँच जना, लोसपा एक जना, नेकपा (एकिकृत समाजवादी) को १ जना कार्यपालिका सदस्य छन् ।
विषयगत समिति गठन गर्न संयोजक तोक्ने जिम्मेवारी मेयरको रहेको छ । राजनीतिक सहमति अनुसार अघि बढ्न मेयर पौडेलले संयोजक नतोकि वैठकमा राजनीतिक सहमतिको लागि आह्वान गरेका थिए । करिव तीन घण्टा चलेको बैठकमा बहुमत कार्यपालिका सदस्य रहेको एमालेभित्र विषयगत समितिको नेतृत्व कसले गर्ने भन्ने विषयमा होडबाजी चल्दा नाम प्रस्तुत हुन सकेन ।
बैठकमा निष्कर्ष ननिस्केपछि दलहरुबीच थप सहमतिको वातावरण निर्माण गरि चाडपर्वको लगतैपछि विषयगत समितिलाई पूर्णता दिने सहमति बनेको छ ।
वि.सं.२०७९ कात्तिक ७ सोमवार ००:१२

















