skip this

असारे विकासप्रति जीतपुरसिमराको अंकुश ! बैशाखपछि कार्यादेश नदिन निर्देशन

राजनीतिकर्मीको सकारात्मक प्रतिकृया

2.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बजेट सार्वजनिक भएको लामो समयसम्म कार्यान्वयन नगरेर हतार हतारमा हुने विकास निर्माण कार्य गुणस्तरीय नहुने आम आलोचना हुने गरेको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा वर्षायाममा हुने बजेट कार्यान्वयन गर्ने परिपाटीलाई बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अंकुश लगाउने भएको छ ।

जीतपुरसिमरा उपहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले बैशाख मसान्तसम्म मात्र आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्ने गरी सम्झौता तथा कार्यादेश दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार आर्थिक वर्ष २०७९÷०८० को पुँजीगत र चालु योजना र कार्यक्रम वैशाख मसान्तसम्म सम्झौता गर्न वडा र शाखा र महाशाखालाई निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सूचना प्रकाशित गरि योजना तथा कार्यक्रम सम्झौता र कार्यादेश मिति २०८० वैशाख मसान्त सम्म मात्र गर्नु र गराउनु हुन अनुरोध गरेका हुन् ।

सूचनामा भनिएको छ, सातौं नगरसभाको निर्णयको अवज्ञा गरी कुनै वडा र शाखा र महाशाखाले २०८० वैशाख मसान्त पछि पनि योजना तथा कार्यक्रम सम्झौता र कार्यादेश दिएमा यसरी निर्णय विपरित गर्ने अधिकारी स्वयम् जिम्मेवारी हुने व्यहोरा समेत अनुरोध छ । साथै २०८० वैशाख मसान्त सम्म भए गरेका सम्झौता र कार्यदिशको विवरण मिति २०८० वैशाख मसान्त सम्म अनिवार्य योजना तथा बजेट शाखामा पेश गरीदिनु हुन अनुरोध छ ।

नगर प्रमुख राजन पौडेलले विकासको गुणस्तर र बजेट कार्यान्वयन द्रुत रुपमा गराउन बैशाखभित्रमात्र कार्यादेश दिने गरि कडाइ गरिएको बताए । उनले यश कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

सकारात्मक प्रतिक्रिया

विकास खर्च बेलैमा गरेर गुणस्तरिय विकास निर्माण गर्न उपमहानगरपालिकाले थालेको पहललाई स्थानीय राजनीतिकर्मीहरुले सकारात्मक प्रतिकृया दिएका छन् ।

लोसपा जीतपुर नगर अध्यक्ष शिवजी साह सोनारले उपमहानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताए । उनले बजेट फ्रिज हुने समस्याको अन्त्य गरि गुणस्तरिय विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेकपा (एमाले) जीतपुरसिमरा नगर सचिव रामेश्वर उप्रेतीले उपमहानगरपालिकाले गरेको निर्णयको स्वागत गरेका छन् । कार्यान्वयन कसरी हुन्छ भनेर हेर्न बाँकी रहे पनि नेकपा (एमाले) ले यो निर्णय सफल होस भन्ने चाहाना राखेको बताए ।

‘विगतमा असारको अन्तिम हप्तामा सम्झौता हुने गरेको थियो,’ नेता उप्रेतीले भने–‘यसो हुदाँ गुणस्तरि नहुने र चरम भ्रष्टचार हुने गरेको थियो । ढिलै भएपनि यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले गरेको निर्णय स्वागत योग्य नै मान्नुपर्छ ।’

नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्माको भने फरक मत छ । उनले मंसिरमै सम्झौता गरेर बैशाखसम्म काम सक्ने गरि योजना बनाउनु पर्ने सुझाव दिए । ‘बैशाखसम्मको समय पनि ढिलो हुने भन्दै ६ महिना अघिनै सम्झौता गरेर काम गर्नुपर्छ,’ नेता शर्माले भने–त्यसो भयो भने अनुगमन समय प्रयाप्त हुन्छ । गुणस्तरि काम भएन भने पुनः गराउन मिल्यो ।’

पुरीको आगमनसंगै सुधारका संकेत

नयाँ जनप्रतिनिधि आएको एक पुग्नै लाग्दा जीतपुरसिमरामा सुधारका संकेत देखिन थालेको छ ।
पछिल्लो समय स्थानीय तहमा नमुना रुपमा काम गरेका अनुभवी कार्यकारी अधिकृत हरिलाल पुरीको आगमनसंगै थप सुधारका संकेत देखिएको हो ।

स्थानीय तहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न देखिएका समस्या समाधानमा कार्यकारी अधिकृत पुरी क्रियाशिल भएसंगै सुधारमा कार्यक्रम सार्वजनिक भएका हुन् ।

नमुना पालिका थाहामा लामो समय काम गरेका पुरी तीन महिनाअघि जीतपुरसिमरामा आएका हुन् ।

nijgadh-supermart-adz1200-630