skip this

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।

प्रहरी प्रवक्ता पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्‍यु भएको हो ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630