skip this

राष्ट्रियसभा सदस्यको आरोपः राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रूपमा स्वीकार्न सकेन (भिडियो)

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रूपमा स्वीकार्न नसकेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्वीकार्न नसकेको बताए ।

उनले सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा पनि हो र राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो र राष्ट्रिय सभा बिना संघीय संसद हुन सक्दैन भन्नेकुरा मान्न नसकेको बताए ।

उनले प्रतिनिधिसभा भन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे ।

उनले सरकारले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए ।

उनले भने,‘आजको सन्दर्भमा केही कुराबाहेक समानन्तर रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्वलाई, गरिमा र अधिकारलाई स्थापित गरेका छौं। तर दुःखको कुरा मिडियाको कुरा त छोड्दिऔँ, बुद्धिजीवीहरूको कुरा त छोड्दिऔं, आम मानिसको कुरा त छोडौं, सरकारले पनि संघीय संसद भनेको राष्ट्रिय सभा हुँदो रहेछ, राष्ट्रिय सभा पनि संघीय संसदको एउटा पार्ट हो, राष्ट्रिय सभा बिना संघीय संसद होइन, भन्नेकुरा अहिलेसम्म, अहिलेको सरकार मात्रै होइन, सरकारहरुले त्यो कुरालाई बुझ्नै खोजिरहेका छैनन्।

प्रतिनिधि सभाभन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर छ भन्ने कुराबाट बुझ्ने काम भइरहेको छ। त्यसकारण राष्ट्रिय सभाका ४ वटै समितिहरूले अत्यन्त मेहनत गरेर सरकारलाई सुझाव दिने गर्दछ, त्यसलाई सरकारले गम्भीरताका साथ लिने गरेको छैन ।’

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।

भिडियो :

nijgadh-supermart-adz1200-630