skip this

नेपाल र भारत बिच बिकासको सवालमा साझा एजेन्डा बनाउन जरुरी छ : अध्यक्ष सुर्य भुसाल

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष सुर्य भुसाल आजकल सभा, सेमिनार एवं गोष्ठीका लागि देशका विभिन्न स्थानहरुमा ब्यस्त रहनुभएको छ ।

नेपालको आर्थिक विकासका लागि नेपाल भारत बीच साझा अवधारणा बनाउ भन्ने उहाँको उद्देश्य माथि थप जान्न खोज्दा उहाँ भन्नुहुन्छ-नेपाल भारत एक अलग, स्वतन्त्र, सार्बभौमसत्ता सम्पन्न मुलुक हुन । आज बिश्व अर्थतन्त्रले फड्को मार्दै गर्दा हामी नेपालीहरुपनि त्यो अपेक्षा सहित लम्कन चाहन्छौ । तर हाम्रो अर्थतन्त्रले हामीलाई सहजै उकालो लाग्नबाट पछाडी धकेलीदिएको छ ।

श्री भुसाल ले थप भन्नुहुन्छ-यसका लागि नेपाल र भारत बिच बिकासको सवालमा साझा एजेन्डा बनाउन जरुरी छ । साझा एजेन्डाका बिषय पहिल्याउन जरुरी छ । हामी कनेक्टिभिटी, पावर, पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतका बिषयमा सहकार्य मात्रै होइन साझा एजेन्डा बनाएरै अघि बढन सके नेपालले आर्थिक बिकास मा फड्को मार्नेछ ।

अहिले भारतीय जनता पार्टीका बिदेश सचिव नेपाल भ्रमणमा हुनुहुन्छ नि ? यो भ्रमण के का लागि होला ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ – यसलाइ सकारात्मक नै मान्नुपर्छ किनकि नेपालका प्रधानमन्त्री निकट भविष्यमा भारत भ्रमणमा जाँदै हुनुहुन्छ त्यस अघि भएको डा. चौथाइवाले जि को यो भ्रमणले नेपालप्रति थप सद्बभाव बढाएको महसुस हुन्छ । साथै यसरी नै दुबै राष्ट्रका उच्च तहका हरेक सेक्टरका ब्यक्तित्वहरुको भेटघाट, भलाकुसारीले नै दुबै राष्ट्रको सम्बन्धलाई अझ सुमधुर एवं मजवुत बनाउछ । तर यस्ता भ्रमण हरु नितान्त आ-आफ्ना देश केन्द्रित हुनुपर्छ ।

प्रधानमन्त्री भारत भ्रमण मा जांदा नेपाल ले यसपटक के कस्तो उपलब्धि हासिल गर्छ जस्तो लाग्छ तपाइलाइ भन्ने प्रस्नमा उहाँ भन्नुहुन्छ – यो एक मैत्रीपूर्ण भ्रमण हो । साथै दुबै राष्ट्रका केही एजेन्डा पनि निश्चित छन । यस्तो स्थितिमा कुशल कुटनीति अपनाउदै नेपालको दिगो आर्थिक विकासका लागि मैले अघिनै उल्लेख गरेजस्तो बिषयमा साझा अवधारणामा दुई राष्ट्र बीच सम्झौतामा हस्ताक्षर हुन सके नेपाल र नेपालीका लागि यो भ्रमण कोशेढुङा साबित हुनेछ ।

 

nijgadh-supermart-adz1200-630