skip this

किएभमा भएको गोलाबारीमा परी पत्रकारको मृत्यु

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ।

युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।

गाेलाबारी जारी रहँदै क्षतिग्रस्त सहरकाे दृश्य कैद गर्दै गर्दा उनकाे मृत्यु भएकाे हाे। ओक्साना यसअघि रुसी सरकारको प्रतिपक्ष तथा पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको भष्टाचारविरोधी प्रतिष्ठानमा कार्यरत थिइन् र उनले रसिया छोडेकी थिइन्।

उनीसँगै एक अर्काे व्यक्तिको पनि मृत्यु भएको र २ जना घाइते भएको जनाइएको छ।

ओक्सानाले योभन्दा अगाडि किएभ सहरका धेरै समाचारहरु ‘द इनसाइडर’लाई पठाएकी थिइन्। पक्लिकेशन र धेरै पत्रकारहरुले उनको मृत्यु दुखद् भएको बताएका छन्।

nijgadh-supermart-adz1200-630