बाराकी ज्वाला साह अझैं प्रतिस्पर्धी, निर्विरोध ‘हल्ला’ मात्रै !
६ जना निर्वाचित हुने यो पदमा ७ जनाको उम्मेदवारी
वि.सं.२०८२ पुस १ मंगलवार ०९:३५

बारा–नेकपा (एमाले) को जारी ११ औं महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
प्रकाशित सूचीमा बाराबाट एक दर्जनबढी नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा केन्द्रिय सदस्य समावेशी (मधेसी) महिलामा बाराकी ज्वालाकुमारी साहको नाम समेत उल्लेख छ ।
तर, सामाजिक सञ्जालमा भने पूर्वमन्त्री एवं पोलिटव्यूरो सदस्य ज्वाला साहलाई सोमबार रातीबाटै निर्विरोध भएको भन्दै बधाई आईरहेको छ ।
केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
सार्वजनिक गरेको नामावली अनुसार, साह समावेश सूचीमा पहिलो नम्बरमा उनको नाम छ । त्यो सूचीमा जुलीकुमारी महतो, प्रतिक्षा तिवारी, राम रती देवी राम, रेखाकुमारी झा, सरिताकुमारी गिरी (यादव) र सविता यादव नाम रहेको छ ।
६ जना निर्वाचित हुने यो पदमा ७ जनाको उम्मेदवारी परेको छ ।
वि.सं.२०८२ पुस १ मंगलवार ०९:३५

















