बारागढी गाउँपालिकामा आज शोक बिदा
स्वयंसेविका देवतिया दुसादिनको असामयिक निधन
वि.सं.२०८२ पुस १ मंगलवार ०९:००
1.25K
shares

बारा-बारागढी गाउँपालिका–४ सुखी पथरा स्वास्थ्य चौकीमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत देवतिया दुसादिनको असामयिक निधन भएको छ ।
गाउँपालिकाका अनुसार मंसिर २८ गते निधन भएपछि शोक व्यक्त गर्दै आज मंगलबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा शोक बिदा दिइएको छ ।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालद्वारा जारी सूचनामा दिवंगत स्वयंसेविकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

वि.सं.२०८२ पुस १ मंगलवार ०९:००


















