skip this

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा माओवादीमा कार्की विजयी

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

यो जित सँगै माओवादीको प्रत्यक्षमा जम्मा १८ सिट कायम भएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो दल बनेको छ । त्यस्तै नेकपा एमाले दोस्रो बनेको छ ।समानुपातिकतर्फ भने नेकपा एमाले पहिलो दल बनेको छ ।

nijgadh-supermart-adz1200-630