सन्दीपलाई ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति
वि.सं.२०७९ असोज २४ सोमवार ११:४१
2.05K
shares

काठमाडौं ।बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज) मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो ।
सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।
वि.सं.२०७९ असोज २४ सोमवार ११:४१

















