skip this yams_Max_Hospital.jpeg

तिहारकाे रातमा निजगढमा डरलाग्दाे आक्रमण : धन्न ज्यान जाेगियाे ! (भिडियो)

गाेली चल्याे, ४ जना पक्राउ

6.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-रमाइलोकाे चाड हाे, तिहार । झिलिमिलिसहित सुरु भई सप्तरङ्गी टिका लगाएसँगै बिसर्जनस हुने तिहारकाे विदाई भने निजगढमा दुखद् घटनासँगै भएको छ ।

निजगढ ८ खयरघारीका शिव प्रसाद दाहालकाे नव निर्मित घरमा मध्यरातमा डर लाग्दाे आक्रमण भएको हाे । आक्रमणबाट घरकाे अगाडि पट्टीकाे सम्पूर्ण भागमा क्षति पुगेकाे छ भनेघरभित्र रहेकाले ज्यान प्रहरीले जाेगाएकाे छ ।

छाेराे घरभित्र छिरेकाे क्षणभरमा एक हुल मानिस आएर ताेडफाेड सुरु गरेकाे राधादेवीले बताईन् ।

घरमा आक्रमण भएकाे विषयमा स्थलगत रिपोर्टिङकाे लागि पुगेकाे पक्तिकारसँग राधाले भनिनन्, त्रासपुर्ण अवस्थामा कसरी ज्यान जाेगाउने भन्ने मात्र चिन्ता थियाे ।

`ढाेका खाेल, हामी नमारि छाड्दैनाैं भन्दै झ्याल, ढाेका र सटरमा विभिन्न ढुङ्गा, मुडा र हतियारले आक्रमण भईरह्याे,´ उनले भनिनन् हामीले भित्रबाट गुहार मागिरह्याैं । ढाेका खुल्न नदिन सबैले बल लगाईरह्याैं ।

ताेडफाेड भएको दाहाल निवास । तस्बिर : महेश्वर अधिकारी

आक्रमण हुदाँ प्रहरी र गाउँलेलाई मदतका लागि गुहार मागेकाे निकै समयपछि उनीहरु आएपछि आक्रमणकाे घटना राेकिएकाे राधाले सुनाइन् । घटनापछि त्रासमा अझै शरीर काँपिरहेकाे भन्दै स्थानीयले रातभर पहरा दिएकाे बताईन् ।

के हाे घटना ?

दाहालको खेतमा रहेको परालको कुन्यौमा आगो लगाएको बिषयमा विवाद हुदाँ स्थानिय युवाले दाहालको घरमा तोडफोड गरेका हुन्।

बुधबार राति दाहलको असि बिगाहमा रहेको खेतको परालको कुन्यौमा आगलागी भएको थियाे ।

त्यही बिषयको छानबिन गर्ने क्रममा एक युवाले बियरको बोतलले दाहाललाई प्रहार गरेपछि दाहालका छोराले प्रतिरक्षा गर्ने क्रममा सोही बोतलले ति युवालाई प्रहार गर्दा उनको टाउकोमा चोट समेत लागेको थियो । यही विवादले उग्ररुप लिदा युवाको समुहले दाहालको घरमा एकाएक तोडफोड गरेको हुन् ।

गाेली चल्याे

प्रहरी र करिव दर्जनौं युवाको समुहबिच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको थियाे ।

स्थानिय युवाको समुह र प्रहरीबिच समेत हातपात भएको थियो । हातपातका क्रममा एक प्रहरी र एक युवा घाईते भएका छन भने ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खयरघारीका २० वर्षिय निसान राई, १९ वर्षिय निश्चल राई, २९ वर्षिय अगम प्रसाद दाहाल रहेका छन ।
घाईतेहुनेमा प्रहरी सहायक निरीक्षक रामचन्द्र यादव र समिर तामाङ्ग रहेका छन् ।

प्रहरी सहायक निरीक्षक यादवको बाँया हातको कुईनोमा र तामाङ्गको टाउकोमा चोट लागेका दुबैको उपचार निजगढ ९ स्थित सामुदायिक प्रसुती अस्पतालमा लगिएकोमा थप उपचारका लागि वीरगन्जकाे न्युराे अस्पतालमा लगिएको थियाे ।

घटनास्थलमा पुगेका प्रहरीले उनीहरुलाई सम्झाउने क्रममा ती युवाका समुहले प्रहरीको बन्दुक समेत खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले दुई राउड हवाई फाएर गरको हो ।

प्रहरीको हातहतियार समेत खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणका निम्ती ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख धनश्याम श्रेष्ठको कमाण्डमा ७ र सशस्त्र प्रहरी बल निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माको कमाण्डमा १० जनाको थप मदतका लागि घटनास्थलमा पुगेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भिडियो :

nijgadh-supermart-adz1200-630