किसान श्रेष्ठ मधेसी र पहाडी ‘फ्यूजन ड्रेस’ सजिएर संसदमा ! (फोटो/भिडियो)
वि.सं.२०७९ पुस ७ बिहीवार २०:४५

काठमाण्डौं–अघिल्लो पटक तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित भएर चर्चामा आएका कृष्ण कुमार श्रेष्ठ किसान यो पटक मधेस झरेँ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावमा पराजित गराएर चुनाव जितेका किसानले ५ वर्षपछिको निर्वाचनमा उनै पौडेललाई छाडे ।

मधेसको बारा जिल्लास्थित सिमरामा व्यवसायिक केन्द्र बनाएका किसानले बारा–४ बाट कांग्रेससहितको साथ पाएर पुनः प्रतिनिधिसभामा निर्वाचित भए ।
नेकपा (एकिकृत समाजवादी) बाट निर्वाचित भएका किसानले अरु सांसदजस्तै संघीय संसद भवनमा सपथ लिए । अधिकांशले नेपाली भाषामा सपथ खादा केहिले मातृ भाषामा समेत सपथ लिए । श्रेष्ठले नेपाली भाषामा सपथ लिए ।

नेपाली पोशाक र आफ्नो पहिचान झल्किने भेषभुषामा सजिएर सांसदहरु आएका थिए । त्यसैमध्ये किसानले नेपालीहरुको बीचमा सद्भाव बढाउने पहिरन रोजेका थिए ।
पहाडी समुदायका किसानले मधेसमा गएर चुनाव जितेपछि त्यसलाई प्रतिनिधित्व गर्ने गरि मधेसको दौरा, कुर्ता, मोदीकोट र गम्छा भिरे भने शिरमा भादगाउले टोपी लगाएर संसद छिरेका छन् ।

सपथपछि संसद भवन परिषरमा फरक नेपालसंग कुरा गर्दै किसानले मधेसी जनताको सम्मानका लागि पहाडी समुदायको छोरो भएपनि मधेसको पहिरन रोजेको बताए । उनले अब सधैं यहि पोशाकमा संसद र विशेष समारोहमा सहभागि हुने प्रतिवद्धता समेत जनाए ।
भिडियो
https://www.facebook.com/faraknepaltv/videos/691501755867333
वि.सं.२०७९ पुस ७ बिहीवार २०:४५






![फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेछौँ : सुनिता डंगोल [अन्तर्वार्ता] फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेछौँ : सुनिता डंगोल [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2022/08/sunitadangol-faraknepal-428x254.png)
![मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ] मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ]](https://faraknepal.com/wp-content/uploads/2022/08/surathpuri1-428x254.png)







