skip this

वीरगञ्ज युनाइटेड र बेङखाडी तेस्रो ल्होसार कपको सेमिफाइनलमा प्रवेश

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-वीरगंज युनाइटेड क्लब र बेङखडी युवा क्लब जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निजगढ–१० लालस्थित बुद्धचोक खेलमैदानमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा वीरगंजले बकैया गाउँपालिकालाई ५–० को अन्तरले हरायो । वीरगंजको जितमा बिक्की चौधरीले दुई गोल गर्दा सागर चौधरी, अर्मान चौधरी र रञ्जय चौधरीले समान एक–एक गोल गरे । खेलमा दुई गोल गरेका वीरगंजका बिक्की चौधरी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो क्वाटरफाइनलतर्फ बेङखडीले घरेलु टोली योङ स्टार युनाइटेड क्लब (बी) लाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि बेङखडीले पेनाल्टीमा ४–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो ।

खेलमा बेङखडीका अनिल मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र रतनपुर युनाइटेड क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ हात पार्नेछ भने उपविजेताले एक लाख एक हजार एक सय एक रुपैयाँसहित

प्रतियोगिताको फाइनल माघ १२ गते हुनेछ ।

nijgadh-supermart-adz1200-630