skip this

दाङ-३ बाट कोमल ओलीले पाइन् टिकट

दाङ १ बाट शान्ता चौधरी र २ बाट शंकर पोखरेलले टिकट पाए

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल ओलीले चुनाव लड्न टिकट दिएको छ ।

एमाले नेताहरुका अनुसार ओलीले टिकट पाएकी हुन् ।

ओलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

यसपाली एमालेले ओलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

 

nijgadh-supermart-adz1200-630