skip this farak Kura Pravakar

नेपाललाई १८ घण्टा लामो लोडसेडिङ्गबाट मुक्त गराएका कुलमानको ‘अपमानजनक’ बर्हिगमन ! (भिडियो)

258 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ–नेपाललाई १८ घण्टा लामो लोडसेडिङ्गबाट मुक्त गराएर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग अन्नतः बर्खातीमा परेका छन् ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तर, सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वीशुब्बा गुरुङ्गले भने त्यसबारे अनविज्ञता जाहेर गरेका छन् । मन्त्रीपरिषद् बैठकपछि पत्रकारसँग सक्षिप्त कुरा गर्दै थाहा नभएको प्रतिकृया दिएका हुन् ।

घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो ।

सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए ।

कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए । उनले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा मन्त्री पूर्वाग्राही भएको समेत उल्लेख गरेका थिए ।

उनको स्थानमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

भिडियो :

nijgadh-supermart-adz1200-630