वन व्यवस्थापनमा सामुदायिक वनको चासो बढ्यो ! सहजिकरणमा जुट्यो निजगढ सव डिभिजनको नेतृत्व (भिडियो)
वि.सं.२०८१ चैत १२ मंगलवार ०९:२९

बारा–बाराको निजगढका सामुदायिक वन समूहले वन व्यवस्थापनमा चासो देखाएका छन् ।
डिभिजन वन कार्यालय अन्तर्गत निजगढ सव डिभिजन कार्यालयले वन व्यवस्थापनका लागि सहजिकरण गरिरहेको छ ।
यहाँका सामुदायिक वन समूहले वन व्यवस्थापनका विभिन्न प्रयास गरिरहेका छन् । वन समूहरुले गरेका वन व्यवस्थापनका अभ्यासबारे अनुभव आदनप्रदान गरेका छन् ।
निजगढ सव डिभिजन कार्यालयले आफु मातहतका सामुदायिक वनलाई एकै ठाउाँन जम्मा पारेर अन्तरकृया र स्थलगत अनुगनमन गरेको छ ।
वन व्यवस्थापन स्थलगत अभ्यासमा निजगढ सव डिभिजन कार्यालय अन्तर्गतका वन समुहका अध्यक्ष एवं पदाधिकारी सहभागि थिए ।
निजगढ सव डिभिजन कार्यालय परिषरमा अन्र्तकृया गरेका थिए । जसमा उनीहरुले आफ्नो वन समुहले गरेका प्रयास र योजनाबारेमा सुनाएका थिए ।
वन व्यवस्थापनका जटिलता र त्यसका लागि आवश्यक स्रोतको अभावका विषयमा समेत धारणा राख्दै रचनात्मक रुपमा गरिएका प्रयासबारे खुलेर सुनाए ।
वन व्यवस्थापनमा वन डढेलोको सिजन चुनौतिपूर्ण भएकाले यसबारे उपभोक्तामा जनचेतना जगाउन आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् ।
वन समूहको कार्ययोजनामा वन व्यवस्थापनका लागि गर्न सकिने विभिन्न कामहरु गर्न डराउनु नपर्ने रेन्जर निरज पोखरेल बताउँछन् ।
अनुत्पादक वनमा रुख तथा झाँडी मासेर वन व्यवस्थनका लागि काम थालनी गरिएको जनहित सामुदायिक वन समुहका अध्यक्ष चन्द्रिकाकुमारी मगरले बताईन् ।
भिडियो :

वि.सं.२०८१ चैत १२ मंगलवार ०९:२९