skip this farak Kura Pravakar

कुलमान घिसिङ्गको बर्खास्ती विरुद्ध निजगढमा माओवादी र रास्वपाको संयुक्त विरोध प्रदर्शन (भिडियो)

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्गलाई सरकारले बर्खास्त गरेको विरोधमा बाराको निजगढमा विरोध प्रदर्शन भएको छ ।

सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

घिसिङ्गको बर्खास्तीको विरोध गर्दै निजगढमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।

निजगढ–८ बुद्धचोकबाट सुरु भएको विरोध ¥यालीमा सहभागिले हातमा टुकी बोकेका थिए ।

¥याली ईलाका प्रहरी कार्यालय निजगढ अगाडी पुगेर शहीदचोकमा कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई नेकपा (माओवादी केन्द्र) का यूवा नेता रविराज दंगाल, प्रस्तावित प्रदेश कमिटी सदस्य एवं तामाङ्ग मुक्ति मोर्चाका प्रदेश उपाध्यक्ष वेनीबहादुर मुक्तान, राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सचिव रामहरी खरेल लगायतले सम्बोध गर्दै सरकारको निर्णयको विरोध जनाएका छन् ।

निजगढ नगरपालिका आसपासका विभिन्न गाँउबाट आएका पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणको समेत सहभागिता रहेको कार्यक्रमको सहजिकरण नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगालले गरेका थिए ।

nijgadh-supermart-adz1200-630