माओवादी बाराको उम्मेदवार सिफारिस : श्रीमती प्रतिनिधि सभा, श्रीमान प्रदेश सभामा सिफारिस

यस्तो छ, राजनीतिक यात्रा

7.15K shares

काठमाण्डौं– नेकपा (माओवादी केन्द्र) बाराले मंगलबार उम्मेदवार नाम सिफारिस गरेको छ ।

माओवादीको कन्द्रीय सदस्य, प्रदेश कमिटी र जिल्ला समन्वय समितिसहितको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।

माओवादीले सिफारिस गरेको सिफारिसमा श्रीमती प्रतिनिधि सभा र श्रीमान प्रदेश सभामा फरक–फरक क्षेत्रबाट सिफारिस भएको पाईएको छ । माओवादी नेताद्धय हरि चौलागाई ‘लालकिरण’ र गिता कण्डेलको नाम सिफारिस गरेको हो । लालकिरणको नाम बारा क्षेत्र नं. १ को क मा प्रदेश सभातर्फ प्रत्यक्षमा १ नं. मा र कण्डेलको नाम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ जिल्ला कमिटीले नाम सिफारिस गरेको हो । नेतृ कण्डेललाई जीतपुरसिमरा उपमहानगर कमिटीले प्रदेशसभातर्फ प्रत्यक्षमा १ नं. नाम सिफारिस गरेको थियो ।

को हुन् गिता कण्डेल

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा २०५६ सालदेखि संलग्न भएकी नेतृ गिता कण्डेल नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य हुन् ।

महिला संगठनको केन्द्रीय सचिव समेत गरेकी उनी २०५८ सालमा तत्कालिन शाही सेना र उसले सञ्चालन गरेको फोर्सले प्रहार गरेको गोलीबाट गम्भिर घाइते भएकी थिईन् । २०६० सालमा उनलाई सेनाले नियन्त्रणमा लिएर जेल चलान गरेको थियो । उनी वीरगञ्ज कारागारमा १८ महिना विताएकी थिईन ।

को हुन् लालकिरण ?

तत्कालिन नेकपा माओवादीका बाराका संस्थापक नेता मध्य एक हुन्, लालकिरण । माओवादी आन्दोलन जनयुद्धमा बाराको नेतृत्व गरेको उनी विद्यार्थी संगठनबाट पार्टीमा आवद्ध भएका थिए । २०५९ सालमा माओवादी पार्टीले देशभरी जनसरकार घोषणा गर्दा बारा जिल्ला जनसरकार उपप्रमुखको जिम्मेवारी लालकिरणले पाएका थिए ।

२०४६ सालमा मसाल पार्टीको विद्यार्थी संगठनबाट राजनीतिकमा प्रवेश गरेका थिए । उनी हाल पार्टीको मधेस प्रदेश कमिटी सदस्य छन् ।