लक्ष्मी बैंकले ३ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै
वि.सं.२०७९ असार ३ शुक्रवार ११:१२
1.35K
shares

काठमाडौं । लक्ष्मी बैंकले तीन लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त सेयर विक्री गर्ने जानकारी दिएको हो ।
कम्पनीले उक्त सेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा निवेदन दिन भनेको छ ।
सो अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रियाअगाडि बढाउने पनि बैंकले बताएको छ ।
वि.सं.२०७९ असार ३ शुक्रवार ११:१२

















