skip this

जम्बुलिङ इन्टरनेशनल २०२२ म्हेन्दोमाया उत्कृष्ट नव गायिका अवार्ड लक्ष्मीले पाईन्

3.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– जम्बुलिङ इन्टरनेशनल म्हेन्दोमाया उत्कृष्ट नव गायिका अवार्ड लक्ष्मी तामाङ दिमदुङले हात पारेकी छिन् ।

मलेसियाको केएलस्थित एनआरएन भवनमा भएको कार्यक्रममा लक्ष्मीले उनको चर्चित गित चाइना जुत्ताबाट अवार्ड हात पारेकी हुन् ।
त्यसैगरि लाइफ टाइम अचिभमेन्ट अवार्ड अभिनेता उत्तम केसीले हात पारेका छन् ।

कार्यक्रममा ३० वटा विद्यामा अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक राजकिङ वाईवाले बताए ।

राजसिंह वाईवाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जीएफएनका संस्थापक एवं जसपाका केन्द्रीय सदस्य डा. भिमलाल तामाङ रहेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथिमा एनआरएन मलेसियाका का उपाध्यक्ष हेमराज सापकोटा, आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष विपीन राई, नेपाल तामाङ घेदुङ मलेसियाका उपाध्यक्ष विक्रम वाईवा तामाङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630