skip this farak Kura Pravakar

भुकम्पको बेला मानवीय सहयताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन्–प्रधानसेनापति शर्मा

3.8K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थीति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन ।अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्विकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुदेँ फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति राणले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायाता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।

०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति राणाले बैठकमा जानकारी दिईरुहेका छन ।‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा भने ।

तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ । ‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ ।

 

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630