skip this

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानद्वारा साहित्यकारद्वय निहारिका र डंगोल पुरस्कृत

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिं डंगोललाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले उपन्यासकार निहारिकालाई उनको उपन्यासकृति द्रौपदी अवशेषुका निमित्त गंगी–धुस्वाँ बसुन्धरा पुरस्कारु प्रदान गरेको हो ।

यस्तै प्रतिष्ठानले ललितकलाकर्मी डंगोललाई उनको कलासाधनाका लागि धुस्वाँ सायमि सिर्जना पुरस्कारु प्रदान गरेको हो । यी दुवै पुरस्कारको राशि ५०–५० हजार रहेको छ ।काठमाडौं कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा पज्ञा प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले पुरस्कृत स्रष्टाद्वय निहारिका र डंगोललाई यी पुरुस्कार प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाली उपन्यास र ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई पुरस्कृत गरेर उपन्यास र ललितकला क्षेत्रलाई नै सम्मान गरेको बताए ।कार्यक्रममा आयोजक संस्था गंकी धुस्वाँ –बसुन्धरा प्रतिष्ठानका अध्यक्ष साहित्यकार डा.अरुण सायमि,साहित्यकार विमल भौकाजी लगायतले पुरस्कार र पुस्तकको विषयमा चर्चा गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि प्रतिसरा सायमिले गरेकी थिइन ।

nijgadh-supermart-adz1200-630