skip this farak Kura Pravakar

भोला चौलागाईंका दुइ गजल

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भाेला चाैलागाइ

(१)

खुसी बिथोल्न बारम्बार विरह, वेदना आउँछ
साँचो बोल्नेहरूकै यहाँ धेरै आलोचना आउँछ

मान्छेहरूले औपचारिकता छोडेका नभएरै
मरे श्रद्धाञ्जली र बाँच्दा शुभकामना आउँछ

निष्ठुरी भई धेरैले स्वजनलाई भुली गए नि
याद गर्नेलाई हमेसा आफ्नाकै सम्झना आउँछ

रोग र भोकले आक्रान्त सदा राहतको आशामा
राज्यबाट जहिले नि आहतको योजना आउँछ

ओठमा हाँसो ल्याउन युगौँ पर्खिरहेकालाई त
कहिल्यै हाँसो आएन, केवल सम्भावना आउँछ ।

(२)

सफेद चिज पनि यहाँ कालो हुन्छ
अचेल दुधको साक्षी बिरालो हुन्छ

आँधीले ढाल्न सकेन, लुटको स्वर्ग
अब ढाल्न आउने भुइँचालो हुन्छ

चमेराहरूको खुसी छिट्टै जाँदै छ
अँध्यारो हटेर अब उज्यालो हुन्छ

जुन जोगीले धेरै खरानी घस्छ नि
त्यसकै मनमा तृष्णाको जालो हुन्छ

राष्ट्रको झण्डा हाम्रालागि सर्वस्व हो
देशद्रोहीका निम्ति मात्र टालो हुन्छ ।

-निजगढ -५ (बारा)

nijgadh-supermart-adz1200-630