कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

वि.सं.२०७९ माघ २१ शनिवार १६:१८

काठमाडौं-कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।
शुक्रबार खोलिएको बिग टिकट र्याफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात ८२ करोड रुपैयाँ जितेका छन् ।
दोहामा कार्यरत पालले जनवरी १६ मा खरिद गरेको टिकट नम्बर २३२९३६ ले जितेका हुन् ।
उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन् ।
उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उनी उत्साहित भएका छन् । उनले उक्त सम्पूर्ण रकम नेपाल फर्केर परिवारमा खर्च गर्ने बताएका छन् । ‘म रोमाञ्चित छु । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु ।’
पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग बिग टिकटहरू खरिद गर्दै आएका छन् । उनले टिकट खरिद गर्ने कार्यलाई निरन्तरता दिने समेत उल्लेख गरेका छन् । ‘म नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो भाग्य प्रयास जारी राख्ने योजना गर्छु ।’ पालले भनेका छन् ।

वि.सं.२०७९ माघ २१ शनिवार १६:१८