skip this

बेपत्ता हेटौंडाकी बृद्धा १३ दिनपछि जंगलमा मृत फेला

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा- मकवानपुरको हेटौंडा-१७ को देराली डाँडाको जंगलमा एक जना वृद्धा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा हेटौंडा १६ घ्याम्पे बस्ने मानबहादुर श्रेष्ठको श्रीमती अन्दाजी ८५ वर्षीया रामकुमारी माईली श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रामकुमारी ८ माघ बेलुकी घरबाट आफु खुसी हिँडी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकी रामकुमारीको खोजि गर्ने क्रममा शक्रबार दिउँसो जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630