बिरामी परेका महन्थ ठाकुरलाई हेलिकप्टरबाट काठमाडौ ल्याइयो
वि.सं.२०७८ चैत २३ बुधवार १६:२७
1.14K
shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएको छ ।
पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएको हो ।
उनलाई आज बिहान भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अध्यक्ष ठाकुरलाई भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको मेडिकल अफिसर सिद्धार्थ पाण्डेले बताए ।
‘उहाँलाई यहाँ उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ,’ उनले भने ।
भैरहवा विमानस्थलबाट अध्यक्ष ठाकुरलाई मनाङ एअरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
अध्यक्ष ठाकुरलाई निमोनिया भएको अनुमान छ ।
वि.सं.२०७८ चैत २३ बुधवार १६:२७

















