महोत्तरी–३ बाट महन्थ ठाकुर निर्वाचित
वि.सं.२०७९ मंसिर ९ शुक्रवार २०:०६
1.08K
shares

महोत्तरी-प्रतिनिधिसभा अन्तर्गत महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।
यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके । स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार २०:०६

















