skip this

कविता : उज्यालो मुनि अध्यारो

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

ती बेला तिमी
मस्त निद्रामा छौ
मिठा मिठा सपना देख्दै
तर म
अनिदो छु
मन भित्रै तिम्रै
कुराहरु खैलाउँदै

एउटा
मेरो सपना खोज्दै छु
जुन सपना भित्र तिमि छौ
मेरो मन
केवल तिमिसंग जोडिएको छ
एकै छिन फूर्सद पाए
टोहोलिएर
तिम्रै बारे सोच्छु
कुन खुसी
कुन सुख
कहाँबाट ल्याऊ ?
मेरो टोहोलाईमा
तिमि शंका गर्छौ
बेमौसमी बाढी आए जस्तो
बिश्वासमा संकट परे जस्तो

यस्ता धेरै बित्यो
अनि
अनिदो भएर मेरा रातहरु
साथ तिम्रो छुटे जस्तो
अनि
हरेक मध्यरातमा
दियो जलाउछु
तिम्रै बाटो कुरेर
कतै बाटो अलमलियौ कि ?

दियो जस्तै
म बलिरहेछु
तिमि उज्यालोमा जाउ
म आफै मूनी
आफै भित्र
अध्यारो बनाएर भए पनि
तिमिलाई उज्यालो दिन्छु ।

-भण्डारा, चितवन

nijgadh-supermart-adz1200-630