निजगढ बजारबाट नक्कली नोट सहित एकजना पक्राउ
वि.सं.२०७८ चैत १७ बिहीवार २२:०७
4.19K
shares

बारा । बारामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–१० आमाऔल टोलका ६२ वर्षीय हरी चौधरी रहेका छन् ।
निजगढ नगरपालिका–८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई प्लास्टिकको झोला लिएर बजारमा पैदल हिडिरहेको अवस्थामा जाँच गर्ने क्रममा उक्त नोट फेला पारी पक्राउ गरेको प्रवक्ता थापाले बताए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार २२:०७

















