मकवानपुरको तिनतलेमा दूध बोक्ने गाडी सडकबाट दुई सय मिटर तल खस्दा चालक लामाको मृत्यु
वि.सं.२०८० असोज १७ बुधवार १७:१६

हेटौँडा– मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडि गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेको देखेपछि प्रहरी चौकीमा खबर गरेर उद्धारमा खटिएको जानकारी दिए ।
वि.सं.२०८० असोज १७ बुधवार १७:१६
















