skip this yams_Max_Hospital.jpeg

कार्यपालिका लक्षित कोषबाट मनमाया मगरले गराईन् विपन्नलाई बाख्रादेखि सिलाई कटाइ मेसिनसम्म वितरण

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेट छुट्याएको छ ।

एक कार्यपालिका सदस्यले ८ लाख बजेट परिचालन गर्ने गरि योजना तथा कार्यक्रम छनौंट तथा सञ्चालन गरिएको थियो ।

कार्यपालिका सदस्य मनमाया मगर निजगढ वडा नं. १० लालकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्य हुँदै पहिलो पटक कार्यपालिका सदस्य बनेकी हुन् । माओवादीले शहीद परिवारको सदस्यका रुपमा कार्यपालिकामा प्रतिनिधित्व गराएको हो । माओवादीको विद्रोहकालमा भालुखोलमा तत्कालिन शाही सेनाले घेरा हालेर मनमायाका पति विश्व घलान बसन्तको हत्या गरेको थियो ।

कार्यपालिका सदस्य मनमायाले कोषबाट प्राप्त बजेटबाट विपन्न परिवारलाई बाख्रा वितरण र सिलाई कटाइ मेसिनसम्म वितरण गरेकी छिन् ।

के–के भए कार्यक्रम ?

कोषबाट मनमायाले निजगढ १० लालमा निजगढ क्रीयटिभ स्किल डेभलपमेन्टद्वारा दलित र विपन्न वर्गलाई सिलाई मेसिन वितरण गरेको छ ।

नगरपालिकाको रतनपुरी ब्लक अन्तर्गत आर्थिक स्थिति कमजोर हुदाँ सामाजिक हैसियत समेत कमजोर बन्दै गएपछि आर्थिक रुपमा सबल बनाउन सो सामग्री वितरण गरिएको हो । ४ लाख १२ हजार बजेटमा ३०.जनालाई वितरण गरिएको हो ।

त्यस्तै कोषबाट वडाभित्रका दलित र विपन्न वर्गका महिलाहरुलाई मनमायाले बाख्रा वितरण गरेकी छिन् । २ लाख बजेटबाट बागदेव पशुपालन फर्ममार्फत ४० परिवारलाई एक÷एक वटा बाख्रा वितरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630